तपाईं आफुलाई के भनेर चाइनाउनुहुन्छ?
म कलाकार,भिडियो सम्पादक,र निर्देसन को काम गर्छु र एउटा गित पनि गएको छु ।
सबै भन्दा पहिलो काम र कहाँ ?
मैले सबै भन्दा सुरुमा HIMSHIKHAR TV मा भिडियो सम्पदाम को काम ५ वर्ष गरे त्यहि क्रम मा मैले त्यै हिमशिखर ले उत्पादन गरेको तेली सिरियल” उफ यो संसार ” नामक सिरियल मा अभिनय गर्दै त्यहि काम गरिरहे।
अनी ” उफ यो संसार” त बन्द भयो हैन ?
अ, भयो १८ भाग पुगेपछी रोकियो त्यो पछि फेरी आर्को सिरियल “हास्न पाइन्दैन है” नामक सिरियलमा सह -निर्देसन र कलाकार को भूमिका निर्बाह गरे त्यस पछि मैले आर्को हास्य सिरियल “दोबाटे” मा पनि अभिनय गरे । त्यसै गरि धाराबाहिक सिरियल “इस्टुडेन्ट” मा सह-निर्देसक र कलाकारको को भूमिका निर्बाह गर्दै आएको छु ,त्यो देखि बाहेक अहिले छोटो चलचित्र मा निर्देसन र कलाकार तेस्तै Music Video मा निर्देसन र सम्पादन को काम गरि रहेको छु।
सम्पादन, अभिनय निर्देशन गर्न समय मिल्छ र ?
अहिले सम्मा त मिलेको नै छ। यी जति सिरियल Music Video,Short Movie छन् सबै को सम्पादक पनि म आफै हो । Youtube Channel tvnepali बाट अपलोड भएको छोटो चलचित्र Battho Mancche ,Time Pass आदि जस्ता धेरै भिडियो मा अविनय सम्पदन र निर्देसन को काम गर्दै आएको छु।
हाल कुन मिडियामा कार्यरत हुनुहुन्छ?
हाल पथरी सनिस्चारेमा एन पी एल मिडियामा कार्यरत छु।
तपाईंले स्वर दिएको गीत को नाम?
त्यस्तै मैले एउटा गितमा स्वर दिएको छु “पुर्बेली कन्चिको टिम टिमे जिउ “.चाडैनै मा एल्बम निकाल्ने तयारीमा छु।
अनी विहा कहिले गर्ने नि?
यहि माघ २१ गते सनिस्चरेकि अंशु पाण्डे संग बैबाहिक जीवन मा बादिदै छु।
अन्त्य मा दर्शक लाई के भन्न चाहनुहुन्छ?
सबैले मन पराइदिराख्नु भको छ सधैं यसरी नै तपाईं हरुको साथ मिलोस। धन्यवाद!



