रोजेन्द्र जोशी डोटी । जोरायल गाउँपालिका वडा नम्बर–२ छतिवनमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनु भयो ।
बस सडकबाट ६० मिटर तल खसेको हो । घाइते २८ मध्ये १५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहको उद्गार गरी उपचारका लागि कैलालीका बिभिन्न अस्पतालमा पठाइएको छ ।










