काठमाडौं । साताको चौथो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य यथावतै रहेको छ ।
बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजावी सुन प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको छ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।
बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर चाँदी प्रतितोला ७२० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।










