काठमाडौं, राजनीतिज्ञहरुले बारम्बार चर्चा गर्दै आएको मोनो रेलमार्ग उपत्यकामा निर्माणमा गर्न १ खर्च १६ अर्ब लाग्ने भएको छ ।
चिनियाँ कम्पनीले तयार पारेको लागत अनुमान अनुसार, यो मोनो रेलका लागि २७ किलोमिटर लामो रेल चक्रपथको निर्माण गरिने छ । चिनियाँ कम्पनीले तयार पारेको सम्भाव्यता अध्ययनको प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाइएको छ ।
प्रतिवेदन अनुसार, मोनो रेलको समग्र काम ३ वर्षमा सम्पन्न हुने छ ।
अब मोनो रेल निर्माण गर्ने या नगर्ने विषयमा थप छलफलपछि कार्य प्रारम्भ हुने छ ।
६ महिनाको म्याद दिइएको सम्भाव्यता अध्ययन टोलीले आज आयोजित एक कार्यक्रममा काठमाडौं र ललितपुर महानगरका प्रमुखलाई तीन महिनाभित्रै प्रतिवेदन बुझाएका हुन ।
महानगर प्रमुखहरुले भने प्रतिवेदनमाथि छलफल गरेपछि डिपिआर बनाइने बताए ।
सिआरसिसीले प्रतिवेदनमा आफू नै डिपिआरका लागि इच्छुक भएको उल्लेख गरेको छ। उसले ६ महिनामा डिपिआर सकिने पनि प्रतिवेदनमा उल्लेख गरेको छ।










