काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले निर्मला पन्तको बलात्कारपछि हत्याले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय बालअधिकार दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अपराधी पत्ता लगाएर कारवाही गर्न सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनु भयो । ‘पन्त परिवार अहिले न्याय माग्न काठमाडौ आएको सुनेकी छु’ उहाँले भन्नुभयो, ‘ पीडित पक्ष न्यायको लागि छटपटाउँदै हिँडने अवस्था आउनु दुखद हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति भण्डारीले पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न सम्बनिधत पक्षलाई आग्रह गर्नुभयो । उहाँले यौनजन्य हिंसा, दुव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराध नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणमा ढिलाई गर्न नहुने उल्लेख गर्नुभयो । जनता समाचार बाट