कैलालीमा एक किराना व्यापारीको हत्या भएको छ। बिहीबार राति कैलालीको जाशीपुरस्थित टीकापुर रोडका किराना व्यापारी रामप्रसाद ओझाको घरमै हत्या भएको हो।

बिहीबार राति बजारमा मेला हेरर फर्केका ओझाको राति नै हत्या भएको प्रहरीले जनाएको छ। उनको घाँटीमा निलो डाम देखिएका कारण घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१० वर्षदेखि उक्त पसल चलाउँदै आएका उनी पसलमा एक्लै बस्ने गरेका थिए। दुई छोरासहित श्रीमती भने टीकापुरमा बस्दै आएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।