दमक/उद्योग बाणिज्य संघ र दमक जेसिजका पुर्व अध्यक्ष, हाल अमेरिकामा रहेर सक्रिय पत्रकारिता गर्दै आइरहेका सुदिपराज पन्तलाइ प्रेस युनियन माइपश्चिम क्षेत्रिय समितिले सम्मान गरेको छ । नेपाल अमेरिका पत्रकार महासंघ (नेजा)काका अध्यक्ष समेत रहेका पन्तलाइ युनियनले सम्मान गरेको हो ।
गौरीगन्ज गाँउपालिका उपाध्यक्ष दीपेन्द्र थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानपत्र सहित दोसल्ला ओडाएर पन्तलाइ सम्मान गरिएको थियो । उनि केहि दिन अघि दमक आएकाहुन् । पन्तले एकदशक अघिदेखि आफु अमेरिका रहेपनि मन यहि रहेको बताएका थिए ।
क्षेत्रिय समिति अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बिमल लामिछाने, टीकाराम उप्रेती, सामाजिक अगुवा चैतन्य बराल, गणेश गौतम लगायतले बोलेका थिए ।










