बाल दिवसको अवसर पारेर दमक जेसिजले गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । दमक वडा नम्बर ८ मा रहेको जनाता आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई बिभिन्न शैशिक्षक सामाग्री बितरण गरिएको कार्यक्रमका सम्योजक सहदेव भट्टराईले जानकारी दिनुभयो ।

कपी, पेन्सील, इरेजर, स्कुल ब्याग र केहि खाद्यन्न सामाग्री सहित करिव ४० हजार रुपैयाँ बराबरका शैशिक्षक सामाग्री बितरण गरीएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिनुभयो ।

दमक वडा नम्बर ८ का वडाध्यक्ष पशुपतिराज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारी र दमक जेसिजका पुर्व अध्यक्ष भगवान बस्नेतले बिद्यालयलाई आवस्यक सिलिङ पंखा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।










