आशिष बहादुर सिंह बझाङ । बझाङमा एक बालकको विभत्स हत्या भएको छ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका छोरा ९ वर्षीय कुशलको विभत्स हत्या गरिएको छ ।

बिहिबार सांझ मकै बारीमा हत्या गरेर फालेको अवस्थामा शव फेला परेकोे मृतकका काका किशोर बोहराले जानकारी दिनुभयो । उहांले घटनाबारे थप जानकारी दिदैं भन्नुभयो, ‘भतिज (कुशल) बुधबार स्कूलबाट फर्किएर घर नजिकै तीज कार्यक्रम हेर्न गएको थियो, बुबासँग मोबाइल मागेर तिज कार्यक्रम हेर्न घरबाट हिडेका बालकको शव हिजो बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीयका अनुसार दिउँसो कार्यक्रममा सोही वडा थारखोज निवासी धोज बोहराका छोरा पारसले कुशलसँग मोबाइल खोसेका थिए । मोबाइलका कारण भतिज कुशलको हत्या गरेको हुन सक्ने हामीलाई आशंका छ ।’ मृतकका काका भन्छन् ।

साँझ पाँच बजेसम्म पनि कार्यक्रमबाट घर नफर्केपछि सबै स्थानीय मिलेर उनको खोजी कार्य व्यापक गरियो । तर, त्यो दिन फेला नपरेपछि दुई दिन पछी लाश मकै बारीमा विभत्स अवस्थामा भेटियो । मृतक भतिज (कुशल) को शरीरमा ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउँकोमा चोट लागेको अवस्थामा भेटिएको थियो ।

कुशलका आफन्तले स्थानीय धोज बोहराका छोरा पारसले हत्या गरेको आशंका गरेका छन् । अहिले घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । टाहत्या गरिएका कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत थिए । जनता समाचार