काठमाडौँ, भदौ २९ । बल्लतल्ल भित्रिएको वाइडबडी विमान उडान थालेको तीन हप्तामै ग्राउण्डेड भएको छ । मकालु नाम दिइएको नेपाल वायुसेवा निगमको एयरबस ३३० का सम्पूर्ण उडान हाललाई स्थगित भएका छन् ।
निगम सूत्रका अनुसार कार्गो राखिने ढोकामा कुछिएको भेटिएपछि व्यवसायिक रूपमा उडान थालेको २१ औँ दिनमै मकालु ग्राउण्डेड भएको हो ।
बिहिबार बिहान दिल्लीबाट आएको विमानको उक्त ढोकामा इन्जिनियरहरूले कुच्चिएको भेट्टाएका हुन् । उक्त क्षति नेपालमै मर्मत गर्ने या एयरबससँग मर्मत गराउने भन्नेबारे विमानको मर्मत निर्देशिकाबाट मात्रै थाहा हुने स्रोत भन्दछ ।
निगमले हाल मात्रै दुई वाइडबडी विमान भित्र्याएको हो










