दमक /बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाइ न्याय दिलाउन झापाको दमक सहित आज देशका बिभिन्न शहरहरुमा प्रर्दशन हुने भएको छ । दमकको मुख्य गणतन्त्र चोकमा दिउसो १ बजे युथ नेटवर्कले कार्यक्रम राखेको छ ।
"न्याय ढिलो सुनुवाइ हुनु भनेको पनि अन्याय नै हो ।"
युथ नेटवर्कका अध्यक्ष सन्तोष दुलालले फेसबुकमा लेखेकाछन्-
बलात्कारी,हत्यारा र भ्रष्टहरुलाइ कानुनी दायरामा ल्याइ सजाय हुनुपर्छ भनेर महिनौ,वर्षौ आन्दोलन गर्नुपर्ने देशका नागरिक हामी ! यी दिनहरु आखिर कहिलेसम्म ?
अब चै साच्चै नै ढिलो पो भयो !
आउनुस भोलि मिति २०७५ भाद्र ३० गते दिनको ठिक १:०० बजे दमक गणतन्त्र चौक । "निर्मलाका लागि न्याय" अभियानको राष्ट्रव्यापी अभियान/आन्दोलनमा सहभागी बनौ।










