काठमाडौं– सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

शुक्रबार अबेरगरी सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिँदै संसदमा पेस गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले स्वास्थ्य नियमावली तथा प्रहरी पाचौं संशोधन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ।

मन्त्री अधिकारीका अनुसार कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्य मन्त्रीहरुको विदेश भ्रमणलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

त्यस्तै बैठकले नेपाल वायु सेवा निगमको बोर्ड सदस्यको रुपमा मदन खरेललाई नियुक्त गरेको छ।