बिष्णुप्रसाद पोखरेल दमक । झापा दमकका सहकारी संस्थाहरुले यो बर्षदेखि आफ्ना नयाँ कार्यक्रमको रुपमा सदस्यहरुलाइ ‘घर योजना’ अघि सारेकाछन् । बिपन्न तथा घरबिहिन रहेका सहकारीका सदस्यहरुलाइ सहकारीले आवास योजना सञ्चालन गरेर घर बनाइदिने कार्यक्रमलाइ दमकका ठुला केहि सहकारी संस्थाहरुले प्रमुख योजना तथा कार्यक्रममा नै हालेको पाईएको छ ।

शुक्रबार झापाको दमकस्थित कञ्चनजंघा बहुद्धेशिय सहकारी संस्थाले आफ्नो साधरणसभामा आवास योजना सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिति सहकारी बैकका अध्यक्ष रमेश पोखरेलले सहकारीहरुको यो कदम सहनीय भएको बताउनु भयो । झापामा योसंगै अन्य सहकारीहरुले समेत आफ्ना घरबिहिन सदस्यहरुका लागि सामुहि आवास योजना ल्याएको बताउदै यसले सम्बृद्धिको आधार तय गर्ने बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहकारी ऐन २०७४ले सहकारीलाइ हरेक क्षेत्रमा लगानी गर्नका लागि सहजता प्रदान गरेको बताउदै सामुहिक आवास, बिद्यालय सञ्चालन, अस्पताल सञ्चालन जस्ता जनमुखि काममा अब सहकारीहरु केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।

उहाँले आवास, शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता परिपुर्ति भएको समाजमात्र सम्बृद्ध समाज हुने भएकाले यसतर्फ ध्यान जानु पर्ने बताउनु भयो । जसरी अहिले सहकारीहरुले सामुहिक आवास योजना ल्याइरहनु भएको छ यो अब देशभर सञ्चालन हुनेछ, पोखरेलले भन्नुभयो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले झापामा एकदर्जनभन्दा बढि सहकारी संस्थाहरुले पछिल्लो समयमा आवास योजनाका कार्यक्रमहरु ल्याएको पाएको जनाउनु भयो । सहकारीहरु भन्ने बित्तिकै पैसाकोमात्र कारोबार गर्ने क्षेत्रको रुपमा बुझाइ हुदै आएकोमा यस्ता कार्यक्रमहरुले त्यो बुझाइ गलत भन्ने प्रमाणित गर्दै लैजाने उहाँको भनाइ रहेको थियो । सहकारीका सदस्यहरुलाइ आवाससंगै आत्मनिर्भर बनाउने कार्यक्रमलाइ जोड दिएमा यो सम्बृद्धिको आधार बन्छ, ढकालले भन्नुभयो ।

यसभन्दा अघि दमककै मेची सहकारी संस्थाले पनि सदस्यहरुका लागि सामुहिक आवास योजना अघि सारेको थियो । यसैबर्षदेखि नमुना रुपमा केहि घरहरु निर्माण गर्न शुरु गरिने सहकारीका अध्यक्ष नारायण भट्टराइले बताउनु भयो ।

आफ्ना सहकारी सदस्यहरु घरबार बिहिन नहुन भन्ने चाहाना अनुसार नै यो कार्यक्रम शुरु गर्न लागिएको र यसमा आकर्षण देखिन थालेको जनाउनु भयो । कम आय भएका सदस्यहरुका लागि हामी सर्वसुलभ रुपमा उनिहरुले कमाउदै तिर्ने गरी घर बनाएर दिनेछौ, भट्टराइले भन्नुभयो ।

झापा बिर्तामोडको साहरा नेपाल सहकारीले गत बर्ष बाढिबाट पीडित बनेका बिपन्न एव्र गरिब सदस्यहरुका लागि घर बनाएर दिदै आएको छ ।

सहकारीका कार्यकारी प्रमुख महेन्द्र गिरीका अनुसार आफुहरुको उदेश्य घर बनाएर बस्नै नसक्ने अवस्थाका सहकारीका सदस्यहरुलाइ घर बनाएर दिने रहेको छ । स्थानीय सरकारसंग समन्वय गरेर आफुहरुले यस प्रकारको आवास योजना सञ्चालन गर्दै आएको गिरीले बताउनु भयो ।