सहबान अन्सारी (नवलपरासी)
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ स्थित बैदौलीमा खानेपानी संचालनमा नआएपछि स्थानिय दुषित पानी खान बाध्य भएका छन । खानेपानीको भौतिक संरचना कार्य करिब २ बर्ष पहिला सम्पन् भए पनि अहिले उक्त खानेपानी अन्योलमा परेको छ । करिब १५ हजार लिटर क्षमता भएको सो खानेपानीको बितरण साविक वडा नं २ र ३ का करिव २५० घर दुरीमा बितरण गर्ने भए पनि हाल सम्म होम पाईपको काम पुरा मात्र भएको हो ।
उक्त वडाका स्थानियहरुले करिब ८० देखी ९० प्रतिशत आर्सेनिक रहित पानी खान बाध्य भएको पुर्व वडाध्यक्ष रामप्रीत यादवले बताऊनु भयो ।
जिल्ला खानेपानी कार्यालय र सम्बन्धित निकायले कुनै चासो नदेखाएको हुदाँ उक्त खानेपानी दिनहुँ अलपत्र पर्दै गएको यादवले बताए । सो गाऊमा आर्सेनिकको मात्रा बढी देखिएपछि खानेपानी निर्माण गरिएपनि संचालनमा आऊन ढिलाई भएको हुदाँ स्थानियहरुले महगो पैसा तिरेर खाने गरेका छन । आर्थिक अवस्था कमजोर भएका मानिसहरुले हेड पाईपको.पानी घरायसी प्रयोग गरेपछि स्वास्थ्यमा नराम्रो असर पर्दै गएको स्थानियहरुले गुनासो गरेका छन ।
साथै भौतिक संरचना दिनहुँ जिर्ण अवस्था पुग्दै गए पछि सम्बन्धित निकायको लागी चुनौती समेत बन्दै गएको देखिन्छ ।










