दमक/ प्रजातन्त्रबादी प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाइको अध्यक्षमा डा.नेत्र बहादुर बुढाथोकी चयन भएकाछन् । उपाध्यक्षमा रत्नबहादुर थापा, सचिवमा रामप्रसाद भण्डारी, सह सचिवमा रामचन्द्र अधिकारी, कोषाध्यक्षमा ईशा राई चयन भएकाछन् ।

यसैगरी सदस्यहरु यज्ञराज गिरी, नारायण भट्टराई ,टंक भट्टराई, कमलनाथ दवाडी, देवराज सापकोटा, विनिता भट्टराई निर्वाचित भएको जनाईएको छ ।