दमक/दमक–६ मा रहेको उद्दार बचत तथा ऋण सहकारी संस्थाले आफनो आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । जनमुखी सहकारी संस्थाको सभाहलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष शेरवहादुर भट्टराईको अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फबाट संयोजक देवीभक्त निरौलाले प्रस्तुत गर्नु भएको लेखा प्रतिवदन वन्दसत्रले सुझावसहित पारित गरेको छ ।
जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, जनमुखी सहकारीका सचिव नोवलचन्द्र गुरागाई, हिमचुली सहकारीकी अध्यक्ष लीला ढुंगेल दाहाल लगायतले सहकारीका बारेमा बोल्नु भएको थियो ।
साधारणसभाको अवसरमा संस्थाले गएको वर्ष उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान र पुरस्कार बितरण गरेको छ ।
५ सय ७३ शेयर सदस्य रहेको उद्धार सहकारी संस्थाको गतवर्ष कुल ८६ लाख ७३ हजार ६ सय शेयर पूंजी, निक्षेपमा ४ करोड ८५ लाख ५ हजार ४ सय १९, कर्जा लगानी २ करोड १० लाख ७९ हजार ३ सय ५७ र कर्जा असुली तर्फ २ करोड २७ लाख ७१ हजार ६ सय २१ रुपैयाको कारोवार गरिएको संस्थाको पारित प्रतिवेदनमा जनाइएको छ ।










