काठमाडौँ। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

महिनौ बितिसक्दा पनि निर्मलाको हत्यारा पक्राउ पर्न नसकेको भन्दै शनिबार माईतीघरबाट नयाँ बानेश्वरसम्म सयौंको संख्यामा उपस्थित मानिसहरुले हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/bynFBPXsRI4

निर्मलाको निम्ति न्याय नाम दिइएको प्रदर्शनमा निर्मलाका बाबुआमा पनि उपस्थिती भएका थिए।

प्रदर्शनका क्रममा निर्मलाका बाबुआमाले सडकबाटै न्यायको माग समेत गरे। निर्मलाको न्यायका लागि आज देशका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ।