शनिवार दिउँसो झरेको सुक्खा पहिरोमा परि हुम्लाको चंखेली गाउँपालिका–५ नेक्पामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् ।नेक्पाको पोरी गाउँमा दाउरा संकलन गर्ने र खाबु टिपी रहेको बेला जंगलको माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।

सुक्खा पहिरो खस्दा घटनास्थलमै रहेकी अस्मीता तामाङले कोही दाउरा टिप्दै र कोही खाबु टिप्दै गरेको अवस्थामा ठूलो आवाजसहित पहिरो खसेको सुनेको र त्यसपछि आफू बेहोस भएको उनले बताइन् ।होस खुलेपछि शरिरमा केही चोट लागेको भएपछि तल हेर्दा बसन्तीको शरीर ढलेको अवस्थामा देखेको १५ मिनेट पैदलको दुरीमा रहेको गाँउमा आएर खबर गरेपछि गाउँलेले थाहा पाएको उनले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खबर भएलगत्तै गाउँका मानिसहरु गएर मृतक तथा घाईते सबैको उद्दार गरेर गाउँमा ल्याएको उनले बताइन् । घटना भएपछि अहिले सिंगो गाउँमा सन्नाटा छाएको छ । टिभी अन्नपूर्ण बाट