नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई फेरि अर्काे काण्ड लगाउने तयारी भएको छ।
काठमाडौं प्रहरीले विश्वकर्मालाई उदयपुर प्रहरीको जिम्मा लगाएपछि उनीविरुद्ध मुद्दा लगाउने तयारी गरिएको हो।
काठमाडौं प्रहरीले प्रकाण्डलाई शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए।
उदयपुर प्रहरीमा उनीविरुद्ध बम विस्फोटसहित कर्तव्य ज्यानसम्बन्धी केही उजुरी परेकाले उनलाई उदयपुर ल्याइएको प्रहरी उपरीक्षक राईले नेपालखबरलाई जानकारी दिए।
टेलिफोनमा कुरा गर्र्दै उनले भने, ‘उनीविरुद्ध केही मुद्दा छन्, अदालतबाट म्याद थपेर अनुसन्धान गर्छाैं र कानुनी प्रक्रिया अघि बढाउँछौं। अहिले तपाईंहरूलाई सबै कुरा एक्सपोज गर्ने कुरा अाउँदैन।’
यसअघि पनि उक्त पार्टीका ६ जना नेतालाई पक्राउ गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। नेपाल खबर बाट साभार










