काठमाडौं । अब साउदी अरबमा काम गर्न जाने नेपालिले न्यूनतम मासिक तलब करिव ३९ हजार रुपैयाँ पाउने छन् ।

नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल अर्थात ३९ हजार रुपैयाँ नेपाली न्यूनतम तलब निर्धारण गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्ने व्यवस्था गरेको हो ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो ।