दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले दमकको सर्वोदय बिद्यालयका आँखामा समस्या भएका बालबालिकाहरुलाइ निशुल्क चश्मा प्रदान गरेको छ । केहि समयअघि आँखा परीक्षण गर्दा चश्मा आवश्यक भएकाहरुलाइ प्राविधिकको सल्लाह अनुसार चश्मा बितरण गरिएको क्लवका अध्यक्ष चन्द्र गजमेरले बताए ।

लायन्स क्लवका लिडर प्रहर क्षेत्री सहभागि रहेको कार्यक्रममा डा.सुर्यनारायण शाह, स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइ, लायन्स क्लव यनाइटेडका अध्यक्ष उत्तम कार्की, बिद्यालयका प्रिन्सिपल नबिन योगि लगायत सहभागि थिए । ३० बालबालिकाहरुलाइ चश्मा बितरण गरिएको बताइएको छ ।
श्री अन्तुमा युनाइटेडको सरसफाइ

यसैगरी लायन्स क्लव अफ दमक युनाइटेडले इलामको श्री अन्तुमा सरसफाइ कार्यक्रम गरेको छ । स्थानीय प्रशासनसंगको समन्वयमा सरसफाइ कार्यक्रम गरिएको अध्यक्ष उत्तम थापाले बताए । पर्यटकीय क्षेत्र श्री अन्तुमा सरसफाइमा उल्लेख्य सहभागिता रहेको उनले जनाए ।










