काठमाडौँ । ध्वजाको छबी धमिल्एिको चिन्ताले चिमोटेपछि न्यूज २४ टेलिभिजनको क्यामेरा शुक्रबार सिंहदरबार सोझियो । विषय स्वाभिमान मात्र नभई त्यसप्रतिको सम्मानसम्म भएकाले हामीले यसलाई मुख्य केन्द्रमा राख्यौं । र समाचार प्रशारण ग¥यौं । अनि फेरी हामी फलोअपमा सिंहदरबार पुग्यौं । आखिर आइतबार नयाँ अवतार देखियो ।

यो गत शुक्रबारको दृश्य हो । जहाँ राष्ट्रिय झण्डाको हविगत बडो टिठलाग्दो थियो । एक पटक हेर्नुहोस् त रंग खुइलिएको मात्र नभई च्यात्तिएकै अबस्थामा झण्डाहरु थिए । अनि अब यो हेर्नुहोस् आइतबारको तस्बिर । फरक तपाई पनि सजिलै छुट्याउन सक्नुहुन्छ । बडो गज्जब देखिएको छ दृश्य ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएको शुक्रबार हामीले देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय झण्डामाथि भएको बेवास्ता र अपमानको समाचार प्रशारण गरेका थियौं । समाचारको प्रभाव स्वरुप यो सिंहदरकारको मुख्य संरचनामा च्यात्तिएको झण्डाको ठाउँमा नयाँ झण्डा फेरिएको छ । अनि मज्जाले फरफराइरहेको पनि छ ।

नजिकैको उर्जा,जलस्रोत र सिंचाई मन्त्रालयले पनि सबैको मन उज्यालो बनाउने चेष्टा गरेछ । अनि त नयाँ झण्डा फेर्ने मात्र नभई भवनकै रंगरोगनमा लागेको छ ।

अब यो मन्त्रालयकै नजिकमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि केही सोच्छ भन्ने आम नगरिकलाई लागेको छ । किनकी यहाँको ध्वजाले अब धेरैबेर गरिमा धान्न सक्नेवाला छैन ।

बिडम्बना अझै कायमै छ । यता कानुन मन्त्रालयले देशको मुल कानुनले नै निर्दिष्ट गरेको झण्डा अझैसम्म राखेको छैन । आजसम्म चाहेको पनि देखिएन । खैं किन राख्दैन थाहा छ्रैन रु तर थाहा पाओस् ध्वजामा दिने ध्यानले आखिर सम्मान नै बढाउनेछ । र साँच्चै शासकहरु संवेदनशील रहेछन् है भन्ने सन्देश पनि दिइराख्नेछ ।