काठमाडौं–सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले फौजदारी अपराध संहिताको अनुसूची हेरफेर गर्ने निर्णय पनि गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार अब सबै प्रकारका ठगी मुद्दाको वादी नेपाल सरकार रहने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार अबेर सम्पन्न बैठकले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई विभुषण गर्न बनेको समितिले सिफारिस गरेमोजिम राष्ट्रपति समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको समेत गरेको छ।

यस्तै सरकारले यसवर्षको लागि १ लाख टन चिनी आयातको कोटा निर्धारण गरेको छ ।

यस्तै बैठकले उखु किसानलाई प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुमाद दिने निर्णय पनि गरेको बास्कोटाले जानकारी दिए ।

बैठकले नेपालगन्ज्जमा रहेको कपास विकास समितिको नाम परिवर्तन गरेर राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय भएको पनि मन्त्री बास्कोटाले जानकारी दिए ।