पर्वत । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट पोष्ट गरेर म्याग्दीको बेनीकी एक युवतीले कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छन्।

बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले आइतबार बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडिबाट कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत क्षेत्री पर्वतको जलजला २ बगरफाँटको बौरमा बस्दै आएकी थिइन।

उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए। उनले आफ्नो सामाजिक सञ्जालमा आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको बताएकी छन्। थाहाखबरबाट