काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय बालिका निर्मला पन्तका आमाबुबा सँग भेट्दै हुनुहुन्छ । अहिले केहीबेरका प्रधानमन्त्री निवास बालुवाटारमा पन्तका आमाबुवासँग भेट्ने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । निर्मलाका आमाबुवा यज्ञराज र दुर्गा पन्त हत्यारालाई पत्ता लगाउन दबाब दिने उद्देश्यले काठमाडौं पुगेका छन् ।

निर्मला पन्त हत्याको ५३ दिन बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै देशैभर आन्दोलन भएपछि सरकारले अनुसन्धान प्रक्रियालाई बलियो बनाएको छ । प्रधानमन्त्री ओलीले समेत हत्यारालाई कुनैपनि हालतमा नछोडिने भन्दै यसअघि अनुसन्धानमा संलग्न प्रहरीमाथि नै अनुसन्धान गर्न समिति गठन गर्न आदेश दिनुभएको थियो । प्रहरी अधिकारीमाथि छानबिन गर्न डिआइजी धीरु बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्या निर्मम र बर्बरतापूर्ण भएको भन्दै राज्यलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले बिना प्रमाण र रिसिइबी साध्न कसैको सामाजिक प्रतिष्ठामा आँच नपु¥याउन समेत भन्नुभएको छ । जनता समाचार बाट