मुलुकी अपराध संहिताको अनुसूचीहरु हेरफेर भएको छ । निर्णयअनुसार सबै किसिमका ठगी मुद्दामा सरकार वादी हुने भएको छ । जसअनुसार अब सबै किमिसका ठगी मुद्दा प्रहरीले हेर्न पाउँनेछ । प्रहरीलाई ठगी मुद्दा हेर्ने अधिकार थप भएको छ । 

काठमण्डौ/आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । बैठकले  नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षम मदन खरेल नियुक्त भएका छन् । यसअघि नै उनी सदस्यमा नियुक्त भएका थिए ।

बैठकले विभूषण प्राप्त गर्ने व्यक्तिहरुको नाम पास गरी राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । संविधान दिवसमा विभूषण पाउनेहरुको नाम सार्वजनिक हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै चिनी आयातमा कोटा निर्धारण गरिएको छ । २०७५ सालका लागि बढीमा एक लाख टनसम्म मात्र चिनी आयात गर्न अनुमती दिने सरकारले निर्णय गरेको छ ।  उखु किसानहरुलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय भएको छ ।

मुलुकी अपराध संहिताको अनुसूचीहरु हेरफेर भएको छ । निर्णयअनुसार सबै किसिमका ठगी मुद्दामा सरकार वादी हुने भएको छ । जसअनुसार अब सबै किमिसका ठगी मुद्दा प्रहरीले हेर्न पाउँनेछ । प्रहरीलाई ठगी मुद्दा हेर्ने अधिकार थप भएको छ ।  नेपालगञ्जस्थित कपाल विकास समितिलाई राष्ट्रिय कपास विकास समिति नामाकरण गर्ने निर्णय भएको छ ।