काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ अनमिस मिशन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोलीमाथि दक्षिणी सुडानमा गोली प्रहार भएको नेपाली सेनाले जनाएको छ ।
स्थानीय पिपल्स लिब्रेशन आर्मी नामक विद्रोही समुहले गोली प्रहार गर्दा सिद्धिबक्स गण, चौथो डफ्फामा कार्यरत एक सैनिक जवान घाइते भएका छन् ।
उनलाई भदौं ३० गते स्थानीय समय अनुसार करिब ०८ः३० बजे गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ति सैनिको खुट्टाको गोली लागि घाईते भएको जनाएको छ ।
दक्षिणी सुडानको येई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार गरेको नेपाली सेनाले जनाएको छ ।
घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भईरहेको तथा घाइतको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।










