दमक/झापा दमकका सामाजिक तथा राजनीतिक ब्याक्तित्व बिक्रम अधिकारीले झापाको दमकमा महेन्द्रा कम्पनीको फोरविल सवारी साधनको ब्यवसाय शुरु गरेकाछन् । गोल्डेन माटर कम्पनीको नामबाट उनले यो ब्यवसाय शुरु गरेकाहुन ।

उनले विश्वकर्मा पुजाको अवसरपारेर सो रुम सञ्चालनमा ल्याएपनि औपचारिक रुपमा सो रुम सञ्चालनमा ल्याउन केहि दिन लाग्ने अधिकारीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहाँ महेन्द्रा कम्पनीका सबै प्रकारका गाडिहरु उपलब्ध हुने उनले जनाए । ट्याक्टरदेखि अन्य सबैप्रकारका कम्पनीका उत्पादन (फोरविल) गाडि अब यहि पाइने अधिकारीको भनाइ रहेको छ ।

दमकको क्याम्पसमोड मा नै उनले आधुनिक सो रुम सञ्चालनमा ल्याएकाछन् । उनि दमकका एक सफल ब्याक्तित्वको रुपमा चिनिन्छन् ।