चितवन । पुर्वी चितवनको खैरहनी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वीरगञ्जबाट नारायणगढको लागि छुटेको बा. ३. ख ६२४ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको ना. ३०. प ४२३ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा खैरहनी नगरपालिका ३ निवासी ४५ वर्षका हिरालाल कँडेलको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसको ठक्करबाट घाइते भएका कँडेलको उपचारको लागी भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको खैरहनी प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिभी अन्नपूर्ण डट कम बाट