विष्णुप्रसाद पोखरेल दमक/प्रदेश नं. १ सरकारले दशै अगावै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी रहेको छ । मन्त्री मण्डल ठुलो बनाउने उदेश्यका कारण केहि ढिला भएको बताइन्छ । प्रदेशमा बढिमा ७ सदस्य मन्त्रीपरिषद बनाउन सकिने जनाइएपनि १ नम्बर प्रदेशले कामको बोझ र साँसद संख्याको आधारमा ११ सदस्यीय मन्त्री मण्डल बनाउनका लागि केन्द्र सरकारसंग सहमति मागेको बताइन्छ ।

 मन्त्री मण्डल बिस्तार हुँदा कम्तिमा पनि थप एक मन्त्री बन्नेछन् । नेकपाका नेता एवं प्रदेश सभा सदस्य झलकसिं दर्लामी सन्देश मन्त्री मण्डल बिस्तारको क्रममा मन्त्री बन्ने जनाइन्छ । यसभन्दा अगाडि मन्त्री मण्डल बिस्तार हुँदा पनि उनको चर्चा रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले धोरै तथा तोकिएको मन्त्रालयहरुबाट मात्र काम गर्न नसकिने अवस्था रहेको जनाउदै केन्द्र सरकारसंग ११ सदस्यीय मन्त्री मण्डल बनाउनका लागि सहमतिका लागि केहि समय कुरिएको हो । अहिले १ नम्बर प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।

सरकार बिस्तारका लागि तत्कालिन अवस्थामा नेकपा (एमाले) र माओबादी केन्द्रले थप १÷१ जना मन्त्रीहरु थपेर ७ सदस्यीय बनाउने भनिएपनि त्यो ढिला हुँदै भएपछि अहिलेसम्म मन्त्रीमण्डलले पुर्णता पाएको छ । पहिला पुर्णता पाएको भए यो बिषय सकिन्थ्यो होला, तर अहिले कामको बोझका कारण मन्त्रालयहरु थप गर्नु पर्ने अवस्था देखिएको छ, मन्त्री कार्कीले भन्नुभयो ।

केन्द्र सरकारले अनुमति दिएको अवस्थामा थप ६ जना मन्त्रीहरु १ नम्बर प्रदेशमा थपिनेछन् । सरकारबाट केहि जवाफ नआएकाले अहिलेसम्म सरकार बिस्तार हुन नसकेको बताइन्छ ।

एउटै मन्त्रालयबाट ५ वटासम्म मन्त्रालय तथा मन्त्रीको काम गर्नु पर्ने अवस्था रहेकाले थप मन्त्रालय र मन्त्री आवश्यक भएको तर्क कार्कीको रहेको छ । हामीले ११ सदस्यीय मन्त्रीपरिषद बनाउने तयारी गरेकाछौ र दशै अगावै प्रदेश सरकारले पुर्णता पाउने छ, मन्त्री कार्कीले जनाउनु भयो ।