काठमाडौं, असोज २
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतको भनाइको प्रतिवाद गर्दै जवाफ दिएका छन् । भारतीय सेना प्रमुख रावतले नेपाल भारततर्फ नझुकी सुखै छैन भनेर दिएको अभिव्यक्तिको चर्को ढंगले प्रतिवाद गर्नुभएको हो ।
सम्भवत उनै पहिलो नेता हुन्, जसले सो भनाईको पहिलो खण्डन वा प्रतिवाद गरेका छन् । सोमबार राति एक ट्विट गर्दै भट्टराईले नेपालले विगतमा जे जस्तो गल्ती गरेको भएपनि अबका दिनमा त्यस्तो गल्ती नहुने लेख्नु भएको छ। नेपाल चीनतिर ढल्किएको भन्ने भारतीय सेना प्रमुखको भनाइको पनि सांसद भट्टराईले जवाफ दिनुभएको हो । उहाले नेपाल आफ्नै स्थानमा रहने र भारत तथा चीन कतैतिर पनि नढल्किने लेख्नु भएको छ ।उहाले भारतीय सेना प्रमुख रावतलाई नेपालको बारेमा भन्दापनि आफ्नै देशको र आफ्नो बारेमा चिन्ता गर्न सुझाव दिनु भएको छ ।
उहाले लेख्नु भएको छ, ‘भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो, अब तेता तिर ढल्किदैन, यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन । आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामीनै प्रयाप्त छौ ।’ भारतीय सेना प्रमुख रावतले बिम्स्टेक सैनिक अभ्यासको समापन कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेपाल र भुटान भारतसँग नझुकी सुखै नभएको बताएका थिए। जसको नेपालमा राजनीतिक तथा नागरिक तहमा व्यापक विरोध भइरहेको छ।










