काठमाडौं, असोज २
सयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जानु हुने भएको छ । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन उहा त्यसतर्फ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जानु बताइएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा भने आजबाट शुरु भएको छ । बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीको पालो भने असोज ११ गते छ ।










