प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असोज ६ (शनिबार) गते अमेरिका जाने भएका छन् ।
अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जानेछ ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आजबाट न्यूयोर्कमा शुरु भएको छ ।
महासभामा उच्चस्तरीय सम्बोधन असोज ९ गतेबाट मात्र शुरु हुने र प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको स्रोतले जानकारी दिएको छ । नयाँ पेज बाट










