काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति आपत्ति जनाउनु भएको छ ।

निगमले सोमबार राति १२ बजेबाट लागू हुने पेट्रोलमा प्रतिलिटर २ र डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ । नेता सिंहले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर निगमले जनतालाई मारमा पारेको उल्लेख गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार सर्वोच्च नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको नारा दिएपनि सरकारले जनतालाई राहत दिने काम गर्न नसकेको दावी गर्नुभयो ।

कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको भनाई छ । उहाँले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गर्नुभयो ।