काठमाडौं : लामो समय सेवा गर्दा पनि अन्त्यमा रित्तो हात फर्किन बाध्य बनाइएको भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरूले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्‍याली तथा विरोध प्रदर्शन गरेका छन्।

आठौँ शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने, सर्वोच्चको फैसलाअनुसार सेवा कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, आजीवन सेवा गरेका विद्यालय कर्मचारीहरूलाई विभिन्न बहानामा रित्तो हात निष्कासन गर्न नहुने लगायतका माग राखेर उनीहरूले र्‍याली गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड