दमक/झापामा रहेको मनसा थाई फूडस् प्रा.लीले यहि चाउचाउ लगायतका बिभिन्न उत्पादनहरु बजारमा ल्याउने भएको छ । यो मेचि अञ्चलकै पहिलो चाउचाउ उद्योग भएको जनाईएको छ ।

यसमा पुर्वाञ्चलकै प्रतिस्ठीत उद्योगपतीहरु साथै नेपालकै ख्याती प्राप्त तथा दक्ष अनुभवी चाउचाउ विषेशज्ञ हरुको समेत प्रत्यक्ष लगानी रहेको प्रालीका अध्यक्ष पर्शुराम अग्रवालले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ सय करोडको लागतमा संचालीत यस उद्योगमा अहिले सम्मकै अत्याधुनीक प्रबिधी र अत्याधुनीक मेशिनहरु प्रयोग गरीएको पनि उनको भनाइ छ । ओमप्रकाश अग्रवाल, अजय अग्रवाल, गणेश प्याकुरेल, बुद्धि घिमिरे लगायतको लगानी रहेको छ ।

अर्का सञ्चालक अजय अग्रवालका अनुसार यो नेपालकै सबैभन्दा ठुलो नुडल्स प्लान्ट हो । यसको दैनिक क्षमता ७ लाख ५० हजार प्याकेट रहेको छ । यस उद्योगमा दैनिक २ सय ५० देखि ३ सय जना कामदारले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा रोजगारी पाउने छन् ।

यस कम्पनीले ७ वटै प्रदेशमा साथै छिमेकी राष्ट्र भारतमा समेत आफ्नो उत्पादनहरु निर्यात गर्ने लक्ष्य रहेको प्रालिले जनाएको छ । यसका साथै भविश्यमै अमेरिका र अष्ट्रेलियामा समेत आफ्ना उत्पादनहरु निर्यात गर्ने लक्ष्य लिएको बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस उद्योगले बिभिन्न ब्राण्डका चाउचाउ (मग मग, प्यारी, रेलिमाई, गट्टुबट्टु) लगायत बिभिन्न प्रकारका स्न्याक्सहरु (चीजबल, चीजरङि, कुरकुरे, पोटेटो क्र्याकर, कोर्न फ्ल्याक्स, चोकोस) लगायतका बस्तुहरु उत्पादन गर्ने छ ।

“# अब हर घर मग मगाउंछ ।” भन्ने मुल नारा का साथ सिताराम कट्टेल ( धुर्मुस ) र कुञ्जना घिमिरे (सुन्तली) जस्ता उच्च सामाजीक छबि भएका कलाकारहरु लाई आफ्नो ब्राण्ड एम्बस्टर बनाएको पनि घोषणा गरिएको थियो ।

बजारमा गुणस्रीय चाउचाउको माग अधिक रहेको र यस क्षेत्रमा ठुलो उद्योगहरु खासै नरहेकाले यसबाट स्थानीय स्तरमा रोजगार समेत सिर्जना हुने भएकाले आफुहरुले लगानी गरेको लगानीकर्ताहरु बताउछन् । यसले जिल्लालाइ आत्मनिर्भर बनाउनका लागि समेत सहयोग पुग्ने आफुहरुको अपेक्षा रहेको उनिहरुको भनाइ छ ।