काठमाडौं । दुई सुरक्षा निकाय नेपाली सेना र सशस्त्र प्रहरीमा ठूलो संख्यामा भर्ती खुलेको छ ।
नेपाली सेनाले १ सय २० अधिकृत क्याडेटका दरखास्त आव्हान गरेको छ । तीमध्ये ११ महिला, १७ जनजाति, १५ मधेसी, ८ दलित र ३ पिछडिएको क्षेत्र छुट्याइएको छ । ६६ सिट तोकिएको छ ।
प्रमाणपत्र तह उत्तीर्ण न्युनतम ५० केजी तौल भएका २१ वर्ष उमेरका सबै नेपालीले आवेदन दिन सक्नेछ । स्नातक तह उत्तीण २४ वर्षसम्मकाले आवेदन दिन सक्नेछन् । उम्मेदवार अविवाहित हुनुपर्नेछ र तालिम अवधिभर विवाह गर्न पाउने छैनन् ।















