नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय समितिको सभापति टुंगो लगाएको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा अन्तर्गत रहेका १० समितिको सभापति चयन गर्न आगामी असोज ५ गते समय तोकेको छ ।

समितिको सभापति चयन गर्न आगामी असोज ५ गते समय तोकेको छ । चार जनाको गोप्य छलफलले सभापतिको टुङ्गो लगाएको हो । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपनेता सुवासचन्द्र नेम्वांङ, प्रमुख सचेतक देव गुरुङ बसेर गएको बिहीबार नाम टुङ्गो लगाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा स्रोतका अनुसार प्रतिनिधिसभा अन्तर्गतको अनुगमन बिशेष समितिको सभापतिमा निरा जैरु, महिला समितिमा निरु पाल, अर्थ समितिमा कृष्णप्रसाद दाहाल सभापति हुने टुंगो लागेको छ । यसैगरी अन्तराष्ट्रिय समितिमा पबित्रा निरौला, कानून समितिमा कृष्णभक्त पोखरेल, कृषि समितिमा पुर्णकुमारी सुवेदी, राज्यब्यवस्था समितिमा शशी श्रेष्ठ, बिकाश समितिमा कल्याणी खडका सभापति हुने टुंगोलागेको स्रोतको भनाई छ ।

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, संसदीय सुनुवाई बिशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण र उद्योग समितिमा बिमल श्रीवास्तव सभापति हुने तय भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागमा परेको सार्वजनिक लेखासमितिको नेतृत्व भने अझै टुंगो लागेको छैन ।