झापा । पूर्वी नेपालसहित देशभर सार्वजनिक यातायात ठप्प रहेको छ । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण यातायात ठप्प बनेको हो । सरकारद्वारा जारी गरिएको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।
जारी गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाउने घोषणा गरेका हुन् । पूर्वका झापा, मोरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहनुका साथै हजारौ यात्रुहरू मार्कामा परेका छन् ।
ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको , जन्म कैदको फैसला गर्ने व्यवस्था प्रति असन्तुष्ट रहेको र याताायात ठप्प पार्नुको बिकल्प नभएको संयोजक शर्माले बताए ।










