झापा/झापाको दमकमा सम्पन्न स्कुल स्तरीय दमक रनको उपाधि छात्रा तर्फ चन्द्रा श्रेष्ठ र छात्र तर्फ युवराज लिम्बुले जितेका छन् । सरस्वती आधारभुत विद्यालयकी चन्द्राले निर्धारीत ३ किमी दुरी १२ मिनेट ५ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।

छात्रा तर्फै १३ मिनेट १७ सेकेण्डमा दुरी पुरा गर्दै हिमालय मा.वि.की सासा राई दोश्रो,१३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै समता स्कुल मेचीकी मनिषा थोटल तेश्रो हुंदा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै स्टर्न स्टार इङ्लीस¨ बोर्डिङ स्कुलकी सम्झना राई चौथो तथा १४ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै स्टर्न स्टारकी दिया श्रेष्ठ र चुलाचुलीकी सारधा मगर पांचौ भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै छात्र तर्फ प्रथम भएका चुलाचुली इ¨लिस बोर्डि¨ स्कुलका युवराज लिम्बुले ८ मिनेट ५६ सेकेण्डमा दुरी पार गरेका थिए । दोश्रो भएका हिमालय माविका भुषण ठाकुरले ९ मिनेट १ सेकेण्डमा दुरी पार गरे भने ९ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै पशुपति संस्कृत माविका पूर्ण लिम्बु तेश्रो भए ।

त्यस्तै सरस्वती माविका दिनेश रानामगर ९ मिनेट २६ सेकेण्डमा दुरी पार गर्दै चौथो र ९ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै चुलाचुलीका आशिष खड्का पांचौ भए । दुबैतर्फका प्रथम,दोश्रो र तेश्रोले समान ७ हजार,५ हजार र ३ हजार प्रँप्त गरे । त्यस्तै चौथो हुनेले गोल्ड स्टार जुत्ता तथा पांचौ हुनेले नगद ५ सय प्राप्त गरे ।

विजेताहरुलाई कार्यक्रमका प्रमूख अतिथि दमक नगरपालिकाका मेयर रोमनाथ ओली, वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र गुरु¨,दमक रनका संस्थापक अध्यक्ष्ँ रंदिप राइ,होटल व्यवसायी संघका माइ पश्चिम अध्यक्ष राजेन्द्र दंगाल,दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,दमक रनका अध्यक्ष दिवस राई, दमक जेसिजका अध्यक्ष चन्द्र खत्री लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।