नारायण थापा
भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा मेयर सहभागी भएको कार्यक्रम उपमेयरले बहिष्कार गरेकी छन् । मेयर मदनसुन्दर श्रेष्ठकाे प्रमुख अातिथ्यमा भएकाे नेपाल कोरिया मैत्री अस्पतालको रेडियोलोजी ब्लक निर्माण सिलान्यास गर्दा उपमेयर अञ्जना मधिकर्मी र वडा १ नम्बरका अध्यक्ष सुरज खड्काले बहिस्कार गरेका हुन् ।
उपमेयर मधिकमले नग।रपालिकाको हरेक काममा मेयरले एकलौटी गर्दै गर्न थालेपछि कार्यक्रम बहिष्कार गरेको बताइन् । ‘उहाँले हरेक काम र निर्णयमा मलाई निषेध गरेर एकलौटी ढंगले गर्दै आृनु भएको छ’ उनले भनिन्, ‘ अस्पतालमा कर्मचारी राख्ने, एम्बुलेन्स सञ्चालन गर्ने, नगरपालिकाकै योजना सञ्चालन लगायतका हरेक कार्यमा उहाँले एकलौटी गर्नुभएको छ ।’
मेयर श्रे्ष्ठले भने हरेक काम र निर्णय आफूले नियम अनुसार नै गर्दै आएको दाबी गरे । उनले रेडियोलोजी ब्लक निर्माणपछि नागरिकलाई उपचारमा थप सुविधा हुने बताए । अस्पतालले सहुलियत रुपमा औषधी सेवा प्रदान गर्न फार्मेसीको समेत शुभारम्भ गरेको छ । जनता समाचार बाट










