काठमाण्डु, ३ असोज – नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरी टुँडिखेलमा बेहोस भएकी छन् ।
चौधरी संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमको क्रममा बेहोस भएकी हुन् ।
चौथो संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार बिहानै टुँडिखेल गएकी चौधरी बेहोस भएर ढलेकी छन् । उनलाई नेपाली सेनाका डाक्टरले औषधी दिएर आराम गराएका थिए । कतिपयले कार्यक्रम व्यवस्थित नभएकाे भन्दै सरकारकाे अालाेचना गरेका छन् ।










