चितवनको बुलिङ्टारस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले ढिलो विद्यालय आएको भन्दै आफ्ना विद्यार्थीलाई विध्वंस कुटेका छन्।
प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटेर कान फुटाएका हुन्। विद्यार्थी सार्कीको कानबाट रगत बगिरहेको र उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जनाइएको छ।
घटनापछि प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले विद्यार्थीलई कुटेको स्वीकार गर्दै विद्यालय ढिला आउने गरेकाले कुट्ने गरेको बताए। विद्यार्थीहरुलाई गालामा पिट्न खोज्दा खुमानको कानमा लाग्न गएको र उनको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने उनको भनाई छ।
प्रध्यानाध्यापक श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने पीडित विद्यार्थीका बुवा वीरबहादुर सार्कीले बताए।










