दमक/दमक जेसिजको नयाँ नेतृत्वका लागि दौडधुप शुरु भएको छ । प्रमुख रुपमा दुइजना दाबेदार देखिएकाछन् । अघिल्लो पटक समेत दाबेदारी गरेका भीमराज केसी र गोपाल गुरागाइको प्रमुख दाबी रहने बताइन्छ ।

अघिल्लो पटक दुबै जनाले ककस मार्फत उम्मेदवारी फिर्ता लिएका थिए । अहिलेका अध्यक्षका चन्द्र खत्रीलाइ आफुलाइ सहयोग गर्ने बाचा गर्न लगाउदै उनिहरुले उम्मेदवारी फिर्ता लिएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केसीले आफु बारम्बार रुपमा पछि परेको बताउदै यो पटक आफ्नो अन्तिम उम्मेदवारी भएको बताउदै आएकाछन् । उनले यस पटक फिर्ता नलिने गरी उम्मेदवारी हाल्ने बताउदै सदस्यहरुमाझ जान थालेको जनाइन्छ ।

यसैगरी गुरागाइ अब आफु पनि अध्यक्षको प्रमुख दाबेदार रहेको जनाउदै टमवर्कमा लागेको बताइन्छ । अघिल्लो पटक नै पालो आएपनि छाडेको जनाउदै यो पटक नछाडने भन्दै आएको जनाईएको छ ।