झापा । सशस्त्र प्रहरीले झापाको गौरीगञ्जबाट लागुऔषधसहित दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला फत्तेपुर निवासी २४ बर्षीय सुमित चौधरी र सोही स्थानका १८ बर्षीय बर्माकुमार शर्मा रहेको सीमा सुरक्षा प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिए ।

उनीहरुलाई बीआर ३७ बी ४०९१ नम्बरको भारतीय नम्वर प्लेट मोटरसाईकल सहित पक्राउ गरिएको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा बल गौरीगञ्जबाट खटिएका सशस्त्र प्रहरी टोलीले चेकजाँचको क्रममा फत्तेपुर सीमा नजिक उनीहरुको साथबाट स्पासपोक्रान प्लस नामक लागुऔषध ट्याब्लेट बरामद गरेको छ । यता पक्राउ परेका दुवै जनालाई आवश्यक कार्वाहीका लागि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई बुझाइएको जनाइएको छ ।