काठमाडौं, असोज ४ । गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको छ ।

चार हजार ८ सय ४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोषबाट खर्च भएको प्रतिववेदन तयार परेको छ। नयाँ पत्रिकामा खबर छ ।

कार्यदलले आर्थिक वर्ष २०७४र७५ मा कर्मचारीका तर्फबाट भएका वैदेशिक भ्रमणसम्बन्धी अध्ययन गरेको थियो ।