सरकारले माग सम्बोधन नगरेको भन्दै सवारी चालकहरुले आजपनि यातायातका साधन चलाएका छैनन् ।हिजो नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विज्ञप्ति जारी गरि चालक जेल जाने भ्रामक प्रचार गरेर यातायात बन्द गर्न उक्साउनेहरुप्रति सजग रहन आग्रह गरेको थियो ।

मुलुकी अपराध संहितामा आएको परिवर्तनले सवारी तथा यातायात व्यवस्था ऐनमा केही संशोधन भएपनि प्रचार गरिए जस्तै निर्दोष चालक जेल जाने अवस्था नरहेकोले संगठनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘जसरी हल्ला गरिएको छ,त्यस्तो अवस्था छैन,कसैको उक्सावट र कुराको पछि नलाग्न हामी आग्रह गर्छौ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले भने ‘अहिले बन्दका कुनै कार्यक्रमहरु हामीले तय गरेका छैनौ । आजबाट यातायातका साधनहरु पुर्ण रुपमा सञ्चालनमा आउने अपेक्षा गरिएको थियो ।

तर सवारी चालकहरुले सावरी साधन चलाएका छैनन् ।धरानबाट केही सवारी साधनहरुले यात्रु लिएर जान थालेपनि पुर्वका अन्य शहरहरुमा भने गाडीहरु थन्किएर बसेका छन् । विर्तामोडमा प्रहरीले बन्द गराउदै हिड्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।