सुनसरी– प्रदेश नम्बर १ स्थित सुनसरीको भुताहामा एक शिक्षकको हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले इस्लाम धर्मका शिक्षक खुर्सिम आलमको गोली हानि हत्या परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको बिहिबार गोली प्रहार गरी हत्या गरेका हुन् । शिक्षकको हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएकाे छ। अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।










