वीरगञ्ज । राष्ट्रिय जनता पार्टी नेपाल र सिके राउत समूहले सहकार्यका लागि छलफल गरेको खुलासा भएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सहकार्य गर्न राउतसँग छलफल भएको खुलासा गरेका हुन् ।
वीरगञ्जमा राजपा नेपालले गरेको पत्रकार सम्मेलनमा ठाकुरले सहकार्यका लागि एकपटक छलफल भएपनि कुरा भने नमिलेको बताएका छन् ।
‘एकपटक उहाँलेसहकार्यको प्रस्ताव लिएर आउनुभएको थियो’ ठाकुरले भने, ‘सहकार्यका लागि कि उहाँको विचारमा हामी जानुपर्ने हुन्छ कि उहाँ हाम्रो विचारमा सहमत हुनुपर्छ । हामीले उहाँलाई हाम्रो धारमा आउन प्रस्ताव राख्यौं, उहाँ मान्नुभएन ।’
उनले अघि भने ‘हामी छुट्टै देशका लागि होइन, कानुनभित्रै रहेर आन्दोलन गरिरहेका छौं ।’ टिभी अन्नपूर्ण बाट










