काठमाडौं– दुबईबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

विदेशबाट आउँदा ५० ग्राम सम्मको सुनका तयारी गहना ल्याउन पाउने भएपनि उनीहरुले प्रतिव्यक्ति ९९ देखी १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख (डिआईजी) कमल जिसीले रातोपाटीलाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित सातजना रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट दुबईबाट काठमाडौं आएका उनीहरु वैदेशिक रोजगारीबाट फर्किएका हुन् । पार्किङ एरियामा एकअर्काको सुन छुट्याउँदै गर्दा बुधबार उनीहरु पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट ७ सय १६ ग्राम अबैध सुन बरामद गरेको छ । रातो पाटी बाट साभार